
सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ काे स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गतकाे ६ कराेड रुपैयाकाे याेजना बाँडफाँड कार्य समपन्न भएकाे छ ।
स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली,२०७६ अनुसार उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद तथा पूर्व मन्त्री माननीय अग्नि प्रसाद सापकोटा ज्यु संयोजकत्वको निर्देशक समितिले सो रकम बाँडफाँड गरेको हो । स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली,२०७६ अनुसार ५० लाख भन्दा माथिका ६ वटा योजना अनिवार्य छनौट गर्नुपर्ने र बाँकी रकममा १० लाखभन्दा माथिका योजना छनौट गर्नुपर्ने ब्यबस्था रहेको छ । यसै अनुरुप सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा जम्मा २९ वटा योजनाहरुको छनौट कार्य सम्पन्न भएको छ ।