२०७५ पाैष २ गते साेमबारका दिन प्रमुख जिल्ला अकिारीका साथै जिल्ला सम्मन्वय प्रमुख तामाङ्ग,उप प्रमुख बालकुमारी सापकोटा जिल्ला प्रहरी प्रमुख,शशस्त्र पहरी सिन्धुपाल्चोक इलाका प्रहरी कार्यलय मेलम्चीका प्रमुखहरुलगायतका टोलीले कार्यक्रम स्थलकाे स्थलगत अनुगमन गरि सदमुकाम आइ पुगेको छ । ७७ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुको सहभागितामा,जिल्ला समन्वय समिति महासँघ आयोजक र सोको मुख्य ब्यबस्थापन जिल्ला समन्वय समिति सिन्धुपाल्चोक रहेको राष्ट्रिय जलवायु सम्मेलन २०७५ सम्बन्धि बैठकको समुद्घाटन राष्ट्रका प्रधान मन्त्री खड्ग प्रसाद ओली बाट गरिने कार्यक्रम रहेको छ । यसैसन्दर्भमा सुरक्षा ब्यबस्थापनसँग गाँसिएका बिषयहरुको समेत सँम्बोधनका सिलसिलामा उक्त समुह सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नपा९, स्थित करिब २३०० मिटरको दूरीमा रहेकासम्मेलनको कार्यक्रमस्थलमा जिल्ला सम्मन्वय समितीका प्रमुख तथा आयोजक ब्यबस्थापकका प्रमुख कृष्ण गोपाल तामाङ्गको नेतृत्वमा गुफाडाँडा पुगेर सदरमुकाम फर्किएको हो ।