भोटसिपा गाविस जिल्लाको दक्षिणी भेगमा अवस्थित छ । सदरमुकामबाट करिव ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९४ वर्ग किलोमिटर छ । यस गाविसको पूर्वमा ठूलोसिरुबारी गाविस, पश्चिममा भीमटार गाविस, सिपापोखरे गाविस, उत्तरमा कुन्चोक गाविस र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ ।
भोटसिपा थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ । भोटसिपा गाविसमा तामाङ र ब्राम्हण जातिहरुको बाहुल्यता छ । यस गाविसका अधिकांश मानिसहरु व्यावसायीक खेती, पशुपालन, माछापालनमा व्यस्थ हुन्छन् अन्य मानिसहरु अन्य पेशामा संलग्न हुन्छन् ।
यस गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछ । भिमटारमा वि.सं. २०५८ सालको साक्षरता दर ३५, घरपरिवार संख्या ८७८ र कुल जनसंख्या ४९५१ थियो ।