घोर्थली गाविस जिल्लाको पूर्वी भेगमा अवस्थित छ। सदरमुकामबाट ११ कोष दुरी टाढा यस गाविसको कुल क्षेत्रफल २९.३६ वर्ग किलोमिटर छ । घोर्थलीको पूर्वमा र उत्तरमा दोलखा जिल्ला पश्चिममा कर्थली र दक्षिणमा चोकटी गाविस पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा चिसो हावापानी पाइन्छ । घोर्थलीमा प्राय आलु मकै गहुँ तथा फापर उत्पादन हुन्छ । यस गाविसमा शेर्पा मगर तथा थामी जातिको बाक्लो बसोबास छ ।घोर्थली गाविस प्राकृतिक सुन्दरताले धनी गाविस हो। वि.सं. २०५८ सालको जनगणना अनुसार कुल ४१६ घरपरिवार रहेको यस गाविसमा कुल जनसंख्या २०७० छ।