कर्थली गाविस जिल्लाको पूर्वी भेगमा पर्ने गाविस हो । यस गाविसको कुल क्षेत्रफल २६.१२ वर्ग किलोमिटर छ भने जिल्ला सदरमुकामबाट १० कोष टाढा पर्दछ । भौगोलिक रुपमा कर्थली गाविस निकै विकट गाविस हो । कर्थली गाविसको पूर्वमा दोलखा जिल्ला पर्दछ भने पश्चिममा बाह्रविसे उत्तरमा मार्मिङ र दक्षिणमा घोर्थली र चोकटी गाविसहरु पर्दछन् ।कर्थली गाविस लिस्ती थुम अन्तर्गत पर्दछ । यस गाविसमा तामाङ र क्षेत्रीको बाक्लो बसोबास छ । यहाँका जनताहरु कृषिमा व्यस्थ हुन्छन् । कर्थलीको मुख्य कृषि बाली कोदो मकै धान आलु जौ फापर हो ।वि।सं। २०५८ सालको जनगणना अनुसार कर्थली गाविसमा कुल घरपरिवार संख्या ७५५ र कुल जनसंख्या ३६९० थियो । हिमाली दृश्यावलोकन पद यात्रा ग्रामीण भ्रमणका लागि यो गाविस प्रसिद्ध छ ।