लागर्चे गाविस जिल्लाको मध्य इलाकामा पर्दछ । जिल्ला सदरमुकामबाट करिव ८ कोष दुरी टाढा पर्ने यस गासिवको कुल क्षेत्रफल १६.७२ वर्ग किलोमिटर छ । लागर्चेको पूर्वी सिमानामा सिम्पालकाभ्रे गाविस पश्चिममा बाँसखर्क गाविस दुबाचौर गाविस उत्तरमा भोटेनाम्लाङ गाविस र दक्षिणमा ज्यामिरे गाविस पर्दछ । चिसो हावापानी पाइने यस गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ । यस गाविसमा क्षेत्री तथा तामाङ जातिहरुको बसोबास छ । गाविसका प्राय मानिसहरु खेती पशुपालन तथा घरेलु उद्यममा व्यस्थ हुन्छन् भने अन्य मानिसहरु नोकरी तथा व्यापारमा व्यस्थ हुन्छन् । लागर्चे गाविस जिल्ला निर्वाचन क्षेत्र ३ अन्तर्गत पर्दछ । वि।सं। २०५८ सालमा लागर्चेको साक्षरता दर ३४ घरपरिवार संख्या ५३६ र जनसंख्या २६३४ थियो ।