महांकाल गाविस जिल्लाको पश्चिमी इलाकामा पर्दछ । यस गाविस जिल्ला सदरमुकामबाट ११ कोष दुरी टाढा पर्ने यस गाविसको क्षेत्रफल २८.१७ वर्ग किलोमिटर छ । यस गाविको पूर्वमा पाल्चोक गाविस, पश्चिममा काठमाडौ जिल्ला, उत्तरमा इचोक गाविस, र दक्षिणमा तालामाराङ तथा थकनी गाविसहरु पर्दछन् ।
महांकाल गाविस पाल्चोक थुम अन्तर्गत पर्दछ । यस गाविसमा तामाङ जातिहरुको बाहुल्यता छ । यहाँका मानिसहरु व्यावसायीक खेती तथा पशुपालनमा व्यस्थ हुने गर्दछन् ।
महांकाल गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । वि.सं. २०५८ सालमा यस गाविसको साक्षरता दर ३६, घरपरिवार संख्या ९७४ र जनसंख्या ५१९४ थियो ।