स्थानीय न्यायीक सहजकर्ताको नतिजा प्रकाशन तथा सिफारिश सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना सिन्धुपाल्चोक जिल्लाको आ.व. २०७८।८९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदबहाली- २०७९।०३।०६ गुफाडाँडामा जलवायु प्रतिमा बन्दै जिल्ला सुरक्षा ब्यबस्था समितिकाे स्थलगत अनुगमन सम्पन्न जलवायु सम्मेलनकाे प्रेस बिज्ञप्ति जारी जलवायु सम्मेलन योजना तथा बजेटिंग सम्बन्धी २ दिने तालिम प्रतिनिधि सभा क्षेत्र नं.२ मा मिति २०७५ जेठ ९ र १० तथा प्रतिनिधि सभा क्षेत्र नं.१ मा मिति २०७५ जेठ ११ र १२ मा सम्पन्न गरियो । न्यायिक समितिका पदाधिकारीहरुको लागि ३ दिन तालिम मिति २०७५ जेठ ४, ५ र ६ गते सम्पन्न गरियो । जिल्ला समन्वय समिति सहितको आयोजनामा नवनिर्वाचित माननीय ज्यूहरूको सम्मान कार्यक्रमका केही झलकहरू संविधान दिवस २०७४ का केही झलकहरु अन्तरिक लेखा परिक्षण सम्बन्धमा २०७४/७५ रातो किताब अर्थ मन्त्रालय जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार Issuance of Letter of intent to award the contract आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना जिल्ला अयोजना कार्यान्वयन इकाई (०७३।७४) प्रगति विवरण RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा भूकम्प प्रभावित क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाको तथ्यांक विवरण सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट भूकम्प पिडित सम्झौता गर्ने फारम ( गा.वि.स. को लागि ) शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना

मेलम्ची नगरपालिका

मेलम्ची

मेलम्ची गाविस जिल्लाको दक्षिणपश्चिम इलाकामा पर्दछ । जिल्ला सदरमुकामबकाट ७ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.३८ वर्ग किलोमिटर छ । यस गाविसको पूर्वी सिमानामा शिखरपुर गाविस, पश्चिममा सिन्धुकोट तालामाराङ गाविस, उत्तरमा दुबाचौर गाविस, ज्यामिरे गाविस र दक्षिणमा बाँसबारी गाविस पर्दछ । 

मेलम्ची गाविस देशभरकै बहुचर्चित गाविस हो । यस गाविसमा मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिएको छ । जुन आयोजनाले राजधानी काठमाडौमा पानीको आपूर्ति गर्दछ । मेलम्चीमा तामाङ तथा क्षेत्रीहरुको बाहुल्यता छ ।  यस गाविसका मानिसहरु व्यावसीक खेती, पशुपालन, नोकरी, व्यापार, व्यावसाय तथा अन्य पेशमा संलग्न छन् । 

निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको २०५८ सालमा साक्षरता दर ४९, घरपरिवार संख्या ७३२ र जनसंख्या ३६८५ थियो । 

ज्यामिरे

ज्यामिरे गाविस जिल्ला सदरमुकामबाट पश्चिमा अवस्थित गाविस हो। सदरमुकामबाट करिब ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १९.६६ वर्ग किलोमिटर छ। ज्यामिरेको पूर्वमा सिम्पालकाभ्रे पश्चिममा दुवाचौर मेलम्ची उत्तरमा लागर्चे र दक्षिणमा शिखरपुर गाविस पर्दछ । नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण हावापानी पाइन्छ। इन्द्रावती नदीको काखमा अवस्थित यस गाविसको प्रमुख कृषिबाली धान गहुँ र मकै हो। यस गाविसमा क्षेत्री र तामाङ जातिको बाक्लो बस्ती छ।  वि.सं. २०५८ सालको जनगणना अनुसार कुल ११२५ घरपरिवार मध्ये यस गाविसको कुल जनसंख्या ५८४४ थियो ।

फटकशिला

फटकशिला गाविस जिल्लाको दक्षिणी भेगामा अवस्थित छ । यस गाविस जिल्ला सदरमुकाबाट ७ कोष दुरी टाढा पर्दछ भने यस गाविसले ११.७४ वर्ग किलोमिटर क्षेत्रफलमा पर्दछ । यस गाविसको पूर्वमा भीमटार, सिपापोखरे, पश्चिममा बाँसबारी, उत्तरमा बाडेगाँउ र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ । 

सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ । यस गाविसका मानिसहरु व्यावसायीक कृषि उत्पादन र व्यावसायीक पशुपालनमा व्यस्थ हुने गर्दछन् । यस गाविसमा ब्राम्हण र दनुवार जातिहरुको बाक्लो बस्ती पाइन्छ ।

फटकशिला गाविस जिल्ला निर्वाचना क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ । वि.सं. २०५८ सालमा यस गाविसको साक्षरता दर ४३ थियो र सोही सालको जनगणनामा यस गाविसमा कुल ६७० घरपरिवार मध्ये  कुल जनसंख्या ३४८४ थियो ।

बाँसबारी

बाँसबारी गाविस जिल्लाको दक्षिण पश्चिम इलाकामा पर्दछ । जिल्ला सदरमुकामबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९२ वर्ग किलोमिटर छ । यस गाविसको पूर्वमा बाडेगाउँ गाविस, पश्चिममा सिन्धुकोट गाविस र भोटेचौर गाविस, उत्तरमा मेलम्ची गाविस र दक्षिणमा फटकशिला गाविस र काठमाडौंको नाङ्लेभारे गाविस पर्दछ । 

सिन्धु थुम अन्तर्गत पर्ने  यस गाविसमा औसत हावापानी पाइन्छ । तामाङ तथा ब्राम्हण जातिको बस्ती भएको यस गाविसका मानिसहरु व्यावसायीक कृषि तथा पशुपालन तथा अन्य पेशमा संलग्न छन् । यस गाविसको प्रमखु कृषिबालीमा धान, गहुँ र मकै पर्दछ । 

जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा वि.सं. २०५८ सालको साक्षरता दर ३७ र कुल जनसंख्या ४८११ थियो ।

शिखरपुर

शिखरपुर गाविस जिल्लाको दक्षिण पश्चिम भेगमा अवस्थित छ । जिल्ला सदरमुकामबाट ६ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल ९.१२ वर्ग किलोमिटर छ । गाविसको पूर्वी सिमानामा बाडेगाउ गाविस नवलपुर गाविस पश्चिममा मेलम्ची गाविस उत्तरमा नवलपुर गाविस ज्यामिरे गाविस र  दक्षिणमा बाँसगबारी गाविस तथा बाडेगाउ गाविसहरु पर्दछन।नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ । धेरै खेती योग्य जमिन भएकाले यस गाविसका अधिकांश मानिसहरु व्यावसायी कृषिमा संलग्न छन्। । यहाँको प्रमुख कृषि बालीमा धान गहुँ तरकारी आदि पर्दछ  । शिखरपुर गाविसमा क्षेत्री तथा ब्राम्हणहरुको बाक्लो बस्ती छ । जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ५० घरपरिवार संख्या ४९० र जनसंख्या २५६० थियो ।

सिन्धुकोट

सिन्धुकोट गाविस जिल्लाको दक्षिण पश्चिमी भेगमा पर्दछ । सिन्धुपाल्चोक जिल्लाको इतिहास जोडिएको यस गाविस जिल्ला सदरमुकामबाट नौ कोष दुरी टाढा पर्दछ । यस गाविसको पूर्वमा बाँसबारी गाविस मेलम्ची गाविस पश्चिममा थकनी गाविस उत्तरमा तालामाराङ गाविस र दक्षिणमा भोटेचौर गाविस पर्दछ । सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ । यस गाविसमा धेरै खेतीयोग्य जमिन पाइन्छ । ब्राम्हण तथा क्षेत्रीहरुको बाहुल्यता भएको यस गाविसका धेरै मानिसहरु खेतीमै व्यस्थ हुन्छन् । यस गाविसको प्रमुख कृषिबालीमा धान गहुँ तथा अन्य व्यावसायीक कृषिबालीबीजहरु पर्दछन् । जिल्ला निर्वाचन क्षेत्र नम्बर तीन अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा साक्षरता दर ३४ घरपरिवार सख्या ६४४ र कुल जनसंख्या ३८०७ थियो ।

तालामाराङ्ग

हाल यि सबै गाबिसहरु मेलम्ची  नगरपालिका अन्तर्गत पर्दछन ।

मेलम्ची नगरपालिकाको बारेमा पूर्ण जानकारीको लागि यहाँ Click गर्नुहोला 

Skip to toolbar