नवलपुर गाविस जिल्लाको मध्य भागमा पर्दछ । जिल्ला सदरमुकामबाट ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १६.४८ वर्ग किलोमिटर छ । नवलपुरको पूर्वमा कुाचोक पश्चिममा ज्यामिरे शिखरपुर उत्तरमा सिम्पालकाभ्रे र दक्षिणमा बाडेगाउँ पर्दछ ।नवलपुर थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ ।यस गाविसमा तामाङ तथा क्षेत्री जातिको बाक्लो बसोबास छ । गाविसका अधिकांश मानिसहरु कृषिमा र अन्य मानिसहरु व्यापार व्यावसाय तथा नोकरीमा व्यस्थ हुने गर्दछन् । यहाँको प्रमुख कृषिबालीमा धान गहुँ मकै तथा कोदो पर्दछ ।निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा २०५८ सालको जनगणना अनुसार कुल ७२७ घरपरिवार मध्ये कुल जनसंख्या ३६४७ थियो ।