स्थानीय न्यायीक सहजकर्ताको नतिजा प्रकाशन तथा सिफारिश सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना स्थानीय न्यायीक सहजकर्ताको अन्तरवार्ता सम्बन्धी सूचना सिन्धुपाल्चोक जिल्लाको आ.व. २०७८।८९ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न जिल्ला समन्वय समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदबहाली- २०७९।०३।०६ गुफाडाँडामा जलवायु प्रतिमा बन्दै जिल्ला सुरक्षा ब्यबस्था समितिकाे स्थलगत अनुगमन सम्पन्न जलवायु सम्मेलनकाे प्रेस बिज्ञप्ति जारी जलवायु सम्मेलन योजना तथा बजेटिंग सम्बन्धी २ दिने तालिम प्रतिनिधि सभा क्षेत्र नं.२ मा मिति २०७५ जेठ ९ र १० तथा प्रतिनिधि सभा क्षेत्र नं.१ मा मिति २०७५ जेठ ११ र १२ मा सम्पन्न गरियो । न्यायिक समितिका पदाधिकारीहरुको लागि ३ दिन तालिम मिति २०७५ जेठ ४, ५ र ६ गते सम्पन्न गरियो । जिल्ला समन्वय समिति सहितको आयोजनामा नवनिर्वाचित माननीय ज्यूहरूको सम्मान कार्यक्रमका केही झलकहरू संविधान दिवस २०७४ का केही झलकहरु अन्तरिक लेखा परिक्षण सम्बन्धमा २०७४/७५ रातो किताब अर्थ मन्त्रालय जग्गा प्राप्ति सम्बन्धि सूचना: चौतारा सिपाघाट ग्रामिण सडक सिन्धुपाल्चोक जिल्लाको नक्शा: गाउंपालिका तथा नगरपालिकाको (केन्द्र सहित) वडा अनुसार Issuance of Letter of intent to award the contract आन्तरिक आय तर्फको शिलबन्दी बोलपत्र आव्हान सम्बन्धी सूचना जिल्ला अयोजना कार्यान्वयन इकाई (०७३।७४) प्रगति विवरण RRP को अन्तिम प्रतिवेदन सामाजिक परिचालकहरुको लागि मतदाता शिक्षा सम्बन्धि तालिम बारे सूचना अंग्रेजी स्थानीय तहको नाम र छाप तयार गरि लागु गर्ने सम्बन्धमा बैंक खाता संचालन सम्बन्धमा गाउँपालिका तथा न.पा सबै क्रसर उद्योग सम्बन्धि निर्देशन कार्यान्वयन गर्ने -जिल्लाका सबै नगरपालिका तथा गाउँपालिका कार्यालयहरु राजपत्र: सिन्धुपाल्चोक जिल्लाको गाबिस न.पा तथा वाडा बिभाजन स्थानीय तहको शासन संचालन सम्बन्धि जारी गरिएको आदेश २०७३ सूचना प्रसारण तथा प्रकाशन सम्बन्धि प्रेस बिज्ञप्ती (सङ्घीय मामीला तथा स्थानीय विकास मन्त्रालय तथा स्थानीय निकाय ट्रेड यूनियन संयुक्त समन्वय समिति बीच सात बुंदे सहमति-२०७३-११-०५) जिविस सिन्धुपाल्चोकको जरुरी सूचना ज्ञापन पत्र सम्बन्धमा (स्थानीय निकाय ट्रेड यूनियन संयुक्त अान्दोलन परिचालन समिति, सिन्धुपाल्चोक) विषयगत तथा एकिकृत योजना तर्जुमा समितिको बैठकमा उपस्थिति सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको भूकम्प सम्बन्धि गुनासो फर्छौटको अवस्था ईलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा उपस्थितिको लागि अनुरोध जिल्ला विकास समितिको कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कर्मचरीहरुको विवरण करार सेवा प्राविधिक कर्मचारी भर्ना सम्बन्धि सूचना निर्वाचन क्षेत्र विकास कार्यक्रम सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन २०७२/७३ शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना वार्षिक समिक्षा वैठक प्रतिबेदन २०७३ भुकम्पको अनुदन सहयोगको दुरुपायोग नगरौ। सिन्धुपाल्चोक जिल्लाको भूकम्प पिडित लाभग्राही सुची (सबै) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण लैङ्गिक तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन २०७२/०७३ टेलिफोन सम्पर्क सम्बन्धमा भूकम्प प्रभावित क्षेत्रका पाँच वर्ष मुनिका बालबालिकाको तथ्यांक विवरण सिन्धुपाल्चोक जिल्लाको जिल्ला दररेट भूकम्प पिडित सम्झौता गर्ने फारम ( गा.वि.स. को लागि ) शिलबन्दी दरभाउँपत्र आव्हानको सूचना

ठोकर्पा

सिन्धुपाल्चोक जिल्लाको ७९ गाउँ विकास समिति मध्ये ठोकर्पा एक चर्चित गाउँ विकास समिति हो । यसको पूर्वमा लिसंखु र काभ्रेपलाञ्चोक जिल्लाको वेखसिम्ले गा‍.वि.स. पर्दछ भने पश्चिममा कालिका गाँउ विकास समिति पर्दछ । उत्तरमा अधिकांश भाग कालिका र केहि भाग सुनखानी गाविस पर्दछ । दक्षिण तर्फ काभ्रेपलाल्चोक जिल्लाको वेखसिम्ले, सिम्थली, चौवास र सापिङ गा.वि.स. पर्दछ । 

भौगोलिक हिसाबले अधिकांश भाग भिरालो छ । समुन्द्र् सतहबाट ७०० मी. देखि १८०० मीटरसम्म उचाइमा फैलिएको यस गाँउ विकास समितिको सवैभन्दा अग्लो स्थान गोगने डाँडा हो । धान गहुँ मकै कोदो फापर आलु लसुन प्याज लगायतका थुप्रै प्रकारका नगदे तथा अन्न बाली उत्पादन हुने यस गाविसको धान खेतीयोग्य फाँटहरुमा महाकालबेसी डुँडेवसी ढाँडेवेसी सिम्लेवेसी पर्दछन् । कृषिमा नै निर्भर अधिकांश जनतालाई वर्षको ९ महिना भन्दा बढी समयलाई आफ्नै कमाइले खान पुग्दछ ।

यहाँ बाहुन क्षेत्री दमाई कामी पहरी तामाङ सार्कीको आदिको बसोवास रहेको छ । हिन्दुहरुको बाहुल्यता रहेको यस गाविसमा बौद्ध तथा इसाईहरुको पनि उपस्थिति राम्रै पाइन्छ । तीनवटा प्राथमिक एक मावि, एक उच्च मावि र एक सामुदायिक क्याम्पस रहेको यस गाविसमा निजी स्तरबाट २ बॊडिङ स्कुल पनि संचालन भइरहेका छन् । २०५८ को जनगणनाअनुसार ६४ प्रतिशत साक्षरता रहेको यस गाविसमा विद्यालय जाने छोराको संख्याभन्दा छोरीको संख्या बढी रहेको ।

जिल्ला प्रमुख आयुर्वेद औषधालय तथा एक उप-स्वास्थ्य चौकी रहेको यस गाउँमा निजीस्तरका ४ भन्दा बढी मेडिकल संचालन भइरहेका छन् ।गाउँ विकास समितिको नौ वडामा विद्युत सेवा पुगेको छ भने धरातलीय उचाइले गर्दा संचारको सुविधामा ताररहित संचारमाध्यम राम्ररी चलेका छन् । सार्वजनिक टेलिफोन सेवाको रुपमा ठोकर्पा-२ मिलडाँडामा दुर-संचारको सार्वजानिक टेलिफोन सेवा उपलब्ध छ ।

चेहेरे ठोकर्पा मोटरबाटो सुनकोशी नदीपारी २०५४ सालदेखि संचालनमा आइरहेको छ । ग्रावेल समेत नभएको धुले १४ किमी बाटो वर्षका ३ महिना बाहेक बाँकी ९ महिना मोटर संचालन हुन्छ। अरनिको यातायात सेवा समितिले काठमाडौबाट ठोकर्पासम्म सिधै बस सेवा संचालनमा ल्याएको छ। गाविसको अधिकांस टोलमा शाखा बाटो खनिएको छ । ठोकर्पालाई राजधानीसँग छोटो दुरीमा यातायात संचालनमा ल्याउन साँगाचोकको सुकुटेमा सुनकोशी नदीमाथि पुल निर्माण भईरहकेको छ।

बाघभैरव, महांकाल थान र स्थानीय देवीका थुप्रै मठमन्दिर रहेको यस गाविसमा सीताको पैतालाको पाइला रहेको विश्वास रहेको ठुलो ढुंगाले कालिका र ठोकर्पालाई छुट्याउँछ । वर्षेनी तीजमा बाघभैरवको मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । धान्यपुर्णिमा, नागपञ्चमी र चण्डीपूर्णिमा गरी वर्षको तीन  पटक मेला लाग्ने महांकाली माइको मन्दिरमा देवीको पुजा हुने गर्दछ । यस मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको छ ।

सामुदायिक वनको क्षेत्रमा विश्वमा नै प्रसिद्ध ठोकर्पा हरियो वनले घेरिएको छ । नेपालको पहिलो सामुदायिक वन हेर्न र यसबाट वनसंरक्षणका नयाँ नयाँ  तरिका सिक्न यहाँ थुप्रै ठाउँबाट मानिसहरु आउने गर्दछन् ।

Skip to toolbar