ठूलोपाखार गाविस जिल्ला सदरमुकामबाट ६ कोष टाढा पर्दछ । यस गाविसको कुल क्षेत्रफल १५.९१ वर्ग किलोमिटर क्षेत्रफल छ । गाविसको पूर्वमा अत्तरपुर पश्चिममा थुम्पाखार उत्तरमा पेड्कु र दक्षिणमा लिसंखु गाविस पर्दछ । प्राकृतिक सुन्दरताले धनी यस गाविस तौथली थुम अन्तर्गत पर्दछ । ठूलोपाखारमा औसत हावापानी पाइन्छ । गाविसका जनताहरु कृषिमा नोकरी तथा अन्य व्यापार व्यावसाय पेशामा व्यस्थ हुन्छन् । ठूलोपाखारको मख्य कृषिबाली धान गुहँ र मकै हो । तामाङ जातिहरुको बाक्लो बसोबास भएको यस गाविस अन्य गाविसको तुलनामा विकसित गाविस हो । वि.सं. २०५८ सालको जनगणना अनुसार ठूलो पाखारमा कुल ७५० घरधुरी मध्ये कुल जनसंख्या ३४६४ छ ।