16 Oct, 2024, Wed info@dccsindhupalchowk.gov.np (+९७७)-०१-६२०१०२

संक्षिप्त परिचय

जिल्लाको उत्तरमा रहेको सिन्धु नदी र पाल्चोक भगवतीको नामबाट नामाकरण गरिएको मध्य क्षेत्रको बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्ला २७.२७ उत्तर देखि २८.१३ उत्तरी आक्षांस र ८५.२७ पुर्व देखि ८६.०६ पुर्व सम्म देशान्तरमा अबस्थित रहेको छ । नेपाल राष्ट्रको कूल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल बिकास क्षेत्रको १९ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग कि.मि. हेको छ । यस जिल्लाको उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पुर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् । कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भु–भागमा फैलिएको यस जिल्लाको कुल भू-भागमा ९६९३ हेक्टर हिउले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बन-जंगलक्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन छ भने जम्मा ३२,९३३ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

थप पढ्नुहोस्

भिडियो

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ असार २८ गते शुक्रबार